योजना पुरीको ‘औँठी खसेछ’ (भिडियो)

गायीका तथा सञ्चारकर्मी योजना पुरीको नयाँ गीतको म्युजिक भिडियो ‘औँठी खसेछ’ सार्वजनिक गरीएको छ । नेपालका चर्चित हाँस्यकलाकार धुर्मस सुन्तलीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरीएको हो । गीतमा विशाल राईको शव्द,संगीत छ । कमेडी शैलीमा निमार्ण गरीएको पुर्वेली लोक आधुनिक शैलीमा रहेको यस गीतको भिडियोमा करिश्मा ढकाल,विकाश लामीछाने,मधुसुधन पाठक(सिते बा ),सितादेवी तिमल्सीना (चन्द्रमुखी)र सन्देश न्यौपानेले अभिनय गरेका छन् ।

भिडियोलाई चर्चित हाँस्य टेलिशृङ्खला ‘भद्रगोल’का कलाकार तथा म्युजिक भिडियो निर्देशक दिपक आचार्यले एक्सन कट गरेका हुन् । सुमनसागर जंग केसीको कोरीयोग्राफी भिडियोमा रहेको छ । बुद्वथापा एण्ड टिमले छायाङ्कन गरेको यस भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् । ओएस नेपाल लगायत विभिन्न ख्याती प्राप्त सञ्चारमाध्यममा रहेकी गायीका पुरीको ‘मनै त हो’,‘सान नानी’लगायतका गीतहरु चर्चीत छन् ।

हेर्नुहोस भिडियो

 

Published On: Time : 11:01:49  35पटक हेरिएको

तपाईको प्रतिक्रिया