‘लिटल च्याम्प’को दोश्रो अडिसन आगामी शनिवार

मेरो लुक्स इन्टरटेन्मेण्टले झापाको विर्तामोडमा आयोजना गरेको ‘लिटल च्याम्प २०१८’को दोश्रो अडिसन आगामी साउन ५ गते शनिवार हुने भएको छ । विर्तामोड नगरपालिका भित्र रहेका विभिन्न बोर्डीङ्ग तथा सरकारी विद्यालयमा अद्ययनरत कक्षा ५ देखी १० कक्षा सम्मका प्रतिभावान विद्यार्थीहरुलाई समेटेर आयोजना गर्न लागीएको यस प्रतियोगीताको पहिलो अडिसन गत शनिवार सम्पन्न भएको थियो । प्रतियोगीतामा सहभागीहरुलाई १ महिना बन्द शत्रमा राखेर विभिन्न प्रकारका तालिमहरु प्रदान गरीने प्रतियोगीताकी कोरीयोग्राफर वर्षा शिवाकोटीले बताईन् । विभिन्न संघ संस्थाहरुले यस अघि गरेका प्रतियोगिताबाट असन्तुष्ट बनेकाकारण धेरै अभिभावकहरुले आफुहर...

‘मिस टिन’छनोट सुरु

बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्ट तथा बिरता जेसिसले संयुक्तरुपमा आयोजना गरेको ‘मिस टिन’ पुर्वाञ्चलको चौथो संस्करण अन्तर्गत प्रथम चरणको छनौट प्रक्रिया सुरु भएको छ । शनिवार झापाको विर्तामोडमा भएको पहिलो छनोट कार्यक्रममा ८ जना प्रतियोगी छनोट भएका हुन् । निणार्यकको भुमिकामा रहेका राज शर्मा,मिना मादेन,बिवेश राई ,प्रीतम सम्बाहाम्फेले यी प्रतियोगी छनोट गरेका हुन् । झापासंगै प्रदेश नम्बर १का विभिन्न जिल्लाहरुमा समेट छनोट प्रक्रिया शुरु भईसकेको बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रमुख एलसी श्रेष्ठले जानकारी दिनु भयो । छनोट चरणमा जेठ ६ गते ईलाम,८ गते झापाको दमक, ९ गते इटहरी, १० गते उदयपुर गाईघाट र १२ ग...

‘मिस एसईई प्रोविन्स वान’को पहिलो छनौट सम्पन्न

एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस एसईई प्रोविन्स वानको पहिलो छनौट कार्यक्रम बुधबार सम्पन्न भएको छ । बिर्तामोडको होटल फ्लोरिडामा सम्पन्न अडिसनबाट १८ प्रतियोगि छनौटमा परेका छन् । सहभागी २८ जनाबाट १८ जनालाई अघिल्लो चरणका लागि छनौट गरिएको आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लीका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिनु भएको छ । एजुकेशन एण्ड माइग्रेसन कर्नर मुख्य प्रायोजक रहेको प्रतियोगिताको आगामी बैशाख २ गते बिराटनगर, ३ गते इटहरी, ४ गते धरान, ६ गते इलाममा समेत छनौट कार्यक्रम आयोजना गरिने खरेलले जानकारी दिनु भयो । यो पटक प्रदेश नम्बर १ का १४ वटै जिल्लाबाट प्रतियोगिलाई सहभागी गराउने उद्देश्...

‘मिस एसईई प्रोविन्स वान’को तयारी

झापामा मिस एसईई प्रदेश १ को तेस्रो संस्करण हुने भएको छ । यस अघि मिस एसईई झापाको नामबाट सञ्चालन भईरहेको प्रतियोगिता देश संघिय संरचनामा गई सकेपछि प्रदेश स्तरिय बनाउदै मिस एसईई प्रोविन्स वान को नामबाट सञ्चालन गर्न लागिएको हो । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टको ब्यानरमा प्रतियोगिता सञ्चालन हुने छ । कक्षा १० अथवा एसईई परिक्षा दिएर बसेका किशोरीहरुको क्षमता अभिबृद्धी गर्न प्रतियोगिता सञ्चालन गरिएको हो । यस बर्षदेखि झापासँगै प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाबाट सहभागिता जनाउन पाइने छ । प्रतियोगिताका लागि छनौट झापाको बिर्तामोड र दमकसँगै इलाम, सुनसरीको धरान र मोरंगको बिराटनगरमा हुने छ । छनौटमा परेका...

‘मिस टिन झापा’को ग्राण्ड फिनाले सोमबार

वन्डेज इन्टरनेश्ननल मिस टिन झापा २०१७ को ग्राण्ड फिनाले आगामी असोज ९ गते हुने भएको छ । ग्राण्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको छ । झापाका ३० जना प्रतियोगिहरुले ग्राण्ड फिनालेमा आफ्नो प्रस्तुती राख्ने कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिनु भयो । १ महिना बन्द शत्रमा राखेर ३०जना प्रतियोगिहरुलाई नेतृत्व, व्यक्तिव तथा क्षमता अबिभृद्धी सम्बन्धी तालिम दिइएको छ । प्रतियोगिताको ग्राण्ड फिनालेलाई कम्पनीले यस अघि गर्दै आएको कार्यक्रम भन्दा फरक र व्यवस्थित बनाउने तयारी गरेको निर्देशक पुडासैनीले बताउनु भयो । ग्राण्ड फिनाले आदर्श व्यैंकक्वेट विर्तामोडमा हुने छ ।ग्राण्ड फिनालेबाट बिजय...

मिस टिन झापालाई वन्डेजको साथ

मिस टिन झापा २०१७ लाई वन्डेज इन्टरनेश्नलले साथ दिएको छ । वन्डेज इन्टरनेश्नलले टाइटल स्पोन्सरको रुपमा साथ दिएसँगै प्रतियोगिताको नाम वन्डेज इन्टरनेश्नल मिस टिन झापा २०१७ भएको हो ।  वन्डेज इन्टरनेश्नलले युरोपियनसँगै बिश्वका बिभिन्न मुलुकहरुमा नेपाली बिद्यार्थीहरुलाई अध्ययनका लागि पठाउदै आएको छ । बिर्तामोडमा १ बर्ष अघिबाट आफ्नो सेवा शुरु गरेको वन्डेजले झापा सहति पुर्वका १ सय भन्दा बढी बिद्यार्थीलाई बिश्वका बिभीन्न मुलुकमा स्टुडेन्ट भिसामा पठाईसकेको र मिस टिन झापामा आफु टाइटल स्पोन्सर बन्न पाउँदा खुसी महशुस गरेको वन्डेजका डाइरेक्टर उदव चौहानले जानकारी दिए । वन्डेज इन्टरनेश्नल मिस टिन झापा २०१७ क...

प्रजिताले जितिन मिस टिन पुर्वाञ्चलको उपाधि

मिस टिन पुर्वाञ्चल २०१७ को उपाधि  झापा विर्तामोडकी प्रजिता पाठकले जितेकी छिन् । विर्ता मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रालीले आयोजना गरेको मिस टिन पुर्वाञ्चलको आज धुलावारीमा सम्पन्न ग्रान्ड फिनालेमा पाठकले उपाधि जितेकी हुन् । प्रतियोगीतामा  सहभागी २६ जना प्रतिस्पर्दीहरुलाई उछिन्दै पाठक वजेता बन्न सफल भइन् । फस्ट र सकेण्ड रनरअपको उपाधि क्रमश झापा अर्जुनधाराकी पुजा प्रधान र विर्तामोडकी नविना विश्वकर्माले जितेका छन् । विजेताहरुलाई नेपाल तथा भारतका विभिन्न कलेजमा अध्यनका लागि छात्रबृत्ति लगायत विभिन्न अवसरहरु प्रदान गरीएको आयोजक संस्था विर्ता मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लिका अध्यक्ष एल.सी ...

मिस टिन पूर्वाञ्चलको बन्दशत्र शुरु

मिस टिन पूर्वाञ्चल २०१७को तेस्रो संस्करणका लागी छनोट गरीएका किशोरीहरुका लागी सोमबार देखि देखी बन्दशत्र शुरु भएको छ । विर्ता मिडिया एण्ड इन्टरटेण्टमेन्ट प्रालीले आयोजना गरेको मिस टिन पूर्वाञ्चलको बन्द शत्रलाई एक कार्यक्रमका विच झापा विर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईले उदघाटन गर्नु भयो । १३ वर्षदेखि १९ वर्षसम्मका किशोरीहरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि इभेन्टसको आयोजना गरीएको आयोजक संस्थाका प्रवन्ध निर्देशक एल.सी श्रेष्ठले जानकारी दिनु भयो । पुर्वाञ्चलका विभिन्न जिल्लाबाट छनोटमा परेका दुई दर्जन भन्दा बढी किशोरीहरु बन्दशत्रमा सहभागी छन् । उनीहरुलाई २२ दिन सम्म विभिन्...

सकियो नाटक महोत्सव

प्रज्ञा प्रतिष्ठानले इलाममा आयोजना गरेको राष्ट्रिय नाटक महोत्सव २०७४ सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति सरु भक्तद्वारा उद्घाटन गरिएको नाट्य महोत्सबमा देश भर बाट छनौटमा परेका ९ वटा नाटक समावेश थिए । महोत्सवमा क्षितिज नाट्य समूह झापा,परिवर्तन थियटर काँकडभिट्टा,झोराहाट नाट्य समूह मोरङ्ग , आरोहण नाट्य समूह,नौलो साहित्यिक बिहान पाँचथर, तरंग नाट्य समूह हेटाँैडा, तथा आयोजक जिल्ला इलामको सहभागीता रहेको क्षितिज नाट्य समूह झापाका निर्देशक माधब कल्पितले जानकारी दिए । फरक फरक बिषय बस्तु र रंग मञ्चमा उर्जा र सृजना लाई फरक तरीकाबाट उठान गर्न खोजिएका नाटकको प्रस्तुतीले इलामलाई नाटक मय बनाएको थियो । करि...

मिस टिन पूर्वाञ्चल हुने

  विर्ता मिडिया एण्ड इन्टरटेण्टमेन्ट प्रालीको आयोजनामा मिस टिन पूर्वाञ्चलको तेस्रो संस्करण हुने भएको छ ।  प्रदेश नं. १मा १३ वर्षदेखि १९ वर्षसम्मका किशोरीहरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि आयोजना गरिएको यस कार्यक्रममा प्रथम हुनेलाई बोस्टन एजुकेशनको संयोजनमा एलसन कलेज व्याङ्गलोरबाट ५ लाख बराबरको इन्जिनियरिङ्ग छात्रवृत्तिको साथै नगद, पुरस्कारहरु प्रदान गरिने कार्यक्रमका संयोजक राज सुब्बा लावतीले जानकारी दिए । कार्यक्रमको छनौट चरण असार २४ गते शनिबार विर्तामोड हबि स्वीमिङ्ग कम्प्लेक्सबाट शुरु भई २६ गते इलाम, फिदिम, २७ गते धरान, विराटनगर, २९ गते गाईघाट र अन्तिम छनौट ३१ विर्तामो...