सार्बजनिक भयो फिल्म “सहवास”

नयाँ मुलुकी ऎनमा लागु भए अनुसारको श्रीमान श्रीमती बिच यौन सम्बन्ध कायम गर्न समेत स्विकृती लिनुपर्ने नियमलाई प्रस्तुत गर्दै रुद्राक्ष ईन्टरटेनमेन्ट बाट निर्माण गरिएको सर्टफिल्म "सहवास" सार्बजनिक भएको छ । सार्बजनिक भएको फिल्ममा प्रकाश कँडेल अनि शिल्पा खड्काको मुख्य भूमिका रहेको छ भने फिल्ममा रक कौशलको छायांकन, निरज निश्चलको सम्पादन अनि शुसिल बरालीको निर्देशन रहेको छ । ...

‘कान्छी’

माघ २६ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘कान्छी’को एक लोक लयको गीत ‘चरी चट्ट परी’ को भिडियो रिलिज गरिएको छ । गीतमा राजनराज सिवाकोटीको शब्द, स्वर तथा संगीत छ । गायिका अन्जु पन्तले गायकीमा राजनलाई साथ दिएकी छिन् । हेर्नुहोस भिडियो https://www.youtube.com/watch?v=iPCQmI5yTGE  ...

‘प्रेम गीत २’

‘प्रेम गीत’को सफलता पछी हौषीएको यो टिमले केही कलाकार हेरफेर गरेर 'प्रेम गीत २' निमार्ण गरेको छ । श्रावण १३ मा रिलिज डेट समेत तय भईसकेको यस चलचित्रको पहिलो गीत सार्वजनिक गरीएको छ । https://www.youtube.com/watch?v=AwiP3vxYyZE&t=135s  ...

युट्युवमा आयो ‘प्रेमगीत’

बर्ष २०७२ मा दर्शकको मन जितेको सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' युट्युवमा आएको छ । नेपाल रिलिजसँगै विदेश प्रदर्शनको क्रममा पाईरेसीको मारमा परेको फिल्म अन्ततः अफिसियल रुपमै युट्युवमा आएको हो । भिसिडी तथा ईन्टरनेट प्रदर्शन अधिकार लिएको कम्पनि ओएसआर डिजिटलले शुक्रबार दिउँसो 'प्रेमगीत'लाई विश्ववव्यापी रुपमा ईन्टरनेट रिलिज गरेको हो ।  पाईरेसीको कारण फिल्म यसअघि नै बाहिरिएपनि युट्युवमा समेत फिल्मले दर्शकको मन जित्ने ओएसआरका तर्फबाट ओम अग्रवालले दाबी गरे । नेपालसँगै दर्जनबढि देशमा प्रदर्शन आएको फिल्मले सांगितिक रुममा छुट्टै छाप छोडेको थियो । आशुसेन फिल्मस् प्राली को प्रस्तुती तथा सन्तोष ...

‘प्रेमगीत’ फ्लेभरमा ‘लुकामारी’को गीत, कोरियोग्राफर एउटै हुन् (भिडियो)

आसार १० मा रिलिज हुने फिल्म 'लुकामारी'को गीत सार्वजनिक भएको छ । सार्वजनिक 'प्रस्ताव' शिर्षकको गीतको भिडियो भने केहि महिना पहिले रिलिज 'प्रेमगीत' बाट प्रभावित जस्तो भेटिन्छ । प्रेमगीत को शिर्ष गीत 'म यस्तो गाउँछु' बोलको गीत र 'लुकामारी'को सार्वजनिक गीतमा केहि स्टेपहरु उस्तै दोहोर्याईएको छ । घोडाको प्रयोग अनि जङ्गलको लोकेशन पनि उस्तै देखाईएको छ जहाँ सेट मात्र फरक भेटिन्छ । दुबै गीतमा कोरियोग्राफी रेनशा वान्तवा राईको रहेकोले पनि उनकै गीतको झल्को दोहोरिएको हुनसक्ने अनुमान छ । सार्वजनिक गीतमा 'स्लो' म्युजिक प्रयोग गरिएको हुँदा पनि दर्शकलाई एकै प्रकारको सेटअप भान भएको हो । 'प्रेमगीत'बाट ...